विप्लवका प्रवक्ता प्रकाण्डलाई फेरी ३ दिन थुनामा राख्न अदातलको आदेश

डिसी नेपाल
३ भदौ २०७५ १३:४७

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थप ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ।

काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको अभियोगमा गएको शुक्रबार सर्वोच्च अदालत परिसरबाटै पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानका लागि समय लिन आइतबार अदालत पेश गरेको थियो।

प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। यस अघि प्रकाण्ड गएको साता काठमाडौंबाटै अबैध चन्दा संकलन गरेको अभियोगमा पक्राउ परेका थिए।

प्रहरीले उनीमाथि लगाएको ७ करोड अबैध चन्दाको आरोप पुष्टी हुन नसकेपछि सर्वोच्च अदातलले रिहा गर्न आदेश दिएको थियो। तर उनी फेरि अर्को मुद्धामा प्रकाउ परेका हुन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *