ट्रम्पले दोहामा भने ‘भारत पाकिस्तान युद्ध मैले नै रोकेको त भन्दिन सहयोग भने गरें’
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा अमेरिकी सैनिकहरूलाई सम्बोधन गरे। आफ्नो सम्बोधनमा उनले भारत र पाकिस्तान बीचको समस्या समाधान गर्न आफूले सहयोग गरेको कुरा फेरि दोहोर्याए।
“म भन्दिन कि मैले नै समाधान गरें, तर मैले गत हप्ता भारत र पाकिस्तान बीच बढ्दो तनाव समाधान गर्न निश्चित रूपमा मद्दत गरें,” ट्रम्पले भने।
“परिस्थिति झन् झन् तनावपूर्ण हुँदै गइरहेको थियो र अचानक, तपाईंले त्यहाँ विभिन्न प्रकारका मिसाइलहरू देख्न थाल्नुभयो, तर हामीले यो पत्ता लगायौं,” ट्रम्पले भने।
अमेरिकी राष्ट्रपतिले भने, “मलाई लाग्छ यो समाधान भइसकेको छ। हामीले उनीहरू (भारत र पाकिस्तान) सँग व्यापारको बारेमा पनि कुरा गर्यौं। भन्यौं – युद्ध होइन, व्यापार गरौं। पाकिस्तान यसबाट धेरै खुसी थियो, भारत पनि यसबाट धेरै खुसी थियो र मलाई लाग्छ कि उनीहरू अब सही दिशामा अघि बढिरहेका छन्।”
भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको द्वन्द्वपछि, मे १०, शनिबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मध्यस्थतापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएको दाबी गरे।
केही समयपछि पाकिस्तानले पनि युद्धविरामको बारेमा कुरा गर्यो र अमेरिकालाई धन्यवाद दियो।
भारतले पनि सोही दिन सैन्य कारबाही रोक्न आह्वान गरेको थियो, यद्यपि यो घोषणा गर्दा अमेरिकाको उल्लेख गरिएको थिएन।







डिसी नेपाल








Facebook Comment