विमलेन्द्रको निश्कर्ष : सरकार खतरनाक ढंगबाट अगाडि बढ्यो

डिसी नेपाल
१२ भदौ २०७६ १६:५२

काठमाडौं। नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य संचालन व्यवस्थामाथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन्।

राजधानीमा विहीबार आयोजित युवा र राजनीति विषयक अन्तरक्रियालाई सम्बोधन गर्दे उनले कार्यपालिका प्रमुख विदेश जानुपर्ने भएपछि भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्न सक्ने गरि कानून नै संशोधन गरिनु सिंगो व्यवस्थामाथिको प्रहार भएको बताए। उनले अधिनायकवादी प्रवृत्तिबाट कानून नै परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक संञ्चालन गर्न नपाइने भन्दै तत्काल कार्यविधि सच्याउन सरकारलाई चेतावनी दिए।

उनले भने, “कार्यपालिकाको प्रमुख विरामी परेर विदेश जानुभयो । त्यो पनि कानूनमै संशोधन गरेर । देशका कानुनलाई अवैधानिक तरिकाले देश विरोधी मानसिकताबाट, लोकतन्त्र विराधी मानसिकताबाट, अधिनायकवादी प्रवृत्तिबाट कानून परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक संञ्चालन गर्न पाइँदैन । यो खतरनाक संकेत हो ।”

सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउने खेलमा लागेको भन्दै उनले कम्युनिष्ट स्टेटविरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिए।

उनले सरकारले नयाँ विधेयकहरुमा पनि सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित हुने गरि व्यवस्था गरेको आरोप लगाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *