जनताले नै नेतालाई भ्रष्टाचारका लागि अवसर दिए : चित्रबहादुर केसी

डिसी नेपाल
१० जेठ २०८२ १७:११
100
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले देशमा विकृती विसङगती आउन नेता मात्र जिम्मेवार नभई जनता पनि जिम्मेवार रहेको बताएका छन्।

शनिबार गणतन्त्रबारे अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा बोल्दै उनले चुनावबाट जनताले नेतालाई भ्रष्टाचारका लागि अवसर दिएको बताएका हुन्।

उनले भने, ‘हाल देशमा विकृती विसङगती आउन राजनेता मात्र जिम्मेवार छन् भनेर म भन्दिन। पटक–पटक चुनावहरु हेरिरहेको छु। संसदमा पनि हेरिरहेको छु। देशलाई गलत दिशातिर लानलाई धेरैथोरै राजनीतिक पार्टी जसले जनताको अगुवाइ गर्छन्, प्रशासनमा बस्छन्। चुनावबाट आएर पाँच वर्ष भष्ट्राचार गर्छन। अनि त्यही पैसा लगेर फेरी चुनावमा बाँड्छन्। फेरि तीनैलाई लाइसेन्स दिएर जनताले त्यही भष्ट्रचार गर्ने ठाउँमा पठाएको पनि हामीलाई थाहा छ।’

उनले लोकतन्त्र र गणतन्त्र अप्ठारोमा परेको भन्दै लोकतन्त्रवादीहरुले भ्रष्टाचार गर्नेहरुलाई कडाइका साथ कारवाही गरी हटाउनसक्ने बताए।

उनले छोटो समयमा जनताको चाहना अनुरुप नेता फेरबदल गर्न सक्ने तर व्यवस्था वा संस्था परिवर्तन गर्न लामो समय संघर्ष गर्नुपर्ने बताए।

उनले नेता, कार्यकर्ता र प्रशासनमा बस्नेहरुको चिन्ता कमाउनेमा मात्र सिमित भएकाले मुलुकले यस्तो दुर्दशा व्यहोरेको बताए।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.