रवि लामिछानेविरुद्ध फेरि अर्को उजुरी, यसपटक निलम्बित डिएसपी अंगुर जिसी पनि मुछिए
काठमाडौं। एउटा आरोपमा धरौटीमा छुरेर बाहिर निस्केको तीन दिनमै प्रेस काउन्सिल नेपालमा उजुरी परेका टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध फेरि अर्को उजुरी परेको छ । अहिलेको उजुरीमा लामिछानेसँगै कञ्चनपुरका निलम्बित डिएसपी अंगुर जिसी पनि मुछिएका छन् । उनीहरुविरुद्ध अदालतको मानहानी गरेको आरोपसहित उजुरी परेको हो ।
रवि लामिछाने, उनले काम गर्ने न्यूज २४ टेलिभिजन र निलम्बित डिएसपी अंगुर जिसीलाई विपक्षी बनाइ जिल्ला अदालत कञ्चनपुरमा उजुरी दर्ता भएको हो । निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेर पछि सफाइ पाएका दिलिप विष्टका दाजु खडक विष्टले उजुरी दिएका हुन् । उनले अदालतबाट निर्दोष ठहर भइ सफाइ पाइसकेका दिलिप विष्टलाई जबरजस्ती दोषी देखाउने प्रयास गरिएको आरोप लगाएका छन् ।
लामिछानेले सिधाकुरा जनतासँग कार्यक्रममा डिएसपी जिसीलाई ल्याएर यस विषयमा अन्तरवार्ता गरेका थिए । कार्यक्रममा निलदम्बित डिएसपीलाई निर्दोष साबित गर्ने र दिलिपलाई दोषी साबित गर्ने प्रयास गर्दै अदालतको कानहानी गरिएको उजुरीमा उल्लेख छ । रविले समेत दिलिपलाई बलात्कारी भएको भन्दै अपमानित शब्द प्रयोग गरेको उजुरी पत्रमा उल्लेख छ।
No ads found for this position



डिसी नेपाल
Pure Gold doesn’t fear Flame … We don’t have to Worry about RABI