राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष डा सन्तोष पौडेल निर्वाचित
काठमाडौं। नेकपा (एमाले) निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा डा सन्तोष पौडेल सर्वसम्मत निर्वाचित भएका छन्।
महासंघको पाचौँ राष्ट्रिय अधिवेशनले डा पौडेलको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष मण्डलका अध्यक्ष कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
डा पौडेल यसअघि महासचिव छन्। यस्तै, उपाध्यक्षमा रामहरि ढकाल र अमृता बराल, महासचिवमा भीमराज सिह, उपमहासचिवमा खगराज पोखरेल, चार सचिवमा रूपा केसी, अनुप केसी, हरेन्द्र यादव र चन्द्रबहादुर सुनार निर्वाचित भएका छन्।
यस्तै, निर्वाचन आयोग अध्यक्षमा नारायण पौडेल, लेखा आयोग अध्यक्ष डा शेषानन्द सञ्जेल, अनुशासन आयोग अध्यक्षमा चिन्तामणि ज्ञावली, सल्लाहकार परिषद्को अध्यक्षमा शारदा खनाल सर्वसम्मत निर्वाचित भएका छन्। गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment