नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न देउवाको आग्रह

डिसी नेपाल
२५ जेठ २०८२ १४:३०
140
Shares

काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन्।

शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेताहरुको योगदानका बारेमा कितावहरुमा प्रकाशन गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका हुन्।

राधेश्याम जोन्छे जुझारु नेताको रुपमा परिचित रहेको उनले स्मरण गरे। उनले नेताहरुको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको जिकिर गरे। त्यस्तै कांग्रेस नेता बिमलेन्द्र निधिले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे।

उनले संसदलाई अवरोध गर्ने काम उचित नभएको भन्दै सहज रुपमा सदन चल्ने वातावरण बनाउन माओवादीलाई आग्रह गरे। भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उनले बताए।

त्यस्तै निधिले नेपालमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको उनकाे भनाइ थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.