टान निर्वाचन : अञ्जन थापा समूहको प्यानल घोषणा

डिसी नेपाल
१४ भदौ २०७६ २३:०८

काठमाडौं । यहि भदौ २० गते हुन गइरहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को निर्वाचनका लागि पर्यटन व्यवसायी अन्जन थापा समूहले नेतृत्वको लागि प्यानल घोषणा गरेको छ।

सो समूहको वरिष्ठ उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा, द्वितीय उपाध्यक्षमा तेन्जिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका हुन्।

त्यस्तै महासचिव पदमा सरिता लामा, सचिवमा दामोदर ढकाल र कोषाध्यक्षमा टेक खकुरेल, सह- कोषाध्यक्षमा प्रदीप पण्डित रहेका छन्।

त्यस्तै थापा समूहको सदस्यहरुमा मिङ्मा शेर्पा, रघु पौडेल, कृष्णगोपाल श्रेष्ठ, ठाकुरप्रसाद देवकोटा, प्रेमबहादुर लामा, निमा डिकी शेर्पा, र सुनिल सिलवाल रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *