सिरियाली विद्रोहीको शिविरमा आक्रमण हुँदा ४० लडाकूको मृत्यु
लेबनान । सिरियाली विद्रोहीको प्रभावक्षेत्र मानिने इदलीब प्रान्तमा जिहादी समुदायको भेलामा शनिबार क्षेप्यास्त्रमार्फत गरेको आक्रमणमा कम्तीमा ४० विद्रोही लडाकूको मृत्यु भएको सिरियाली युद्ध अनुसगमनकारी संस्थाले जनाएको छ।
रूसले युद्धविराम घोषणा गरेको केही घण्टाभित्र नै उक्त आक्रमण भएको हो।
सिरियाली मानव अधिकारवादी संगठनका प्रमुख रमी अदेल रहमानले बताए, “स्थानीय हुरास अल–दीन, अन्सार अल–ताहिद र अन्य सहयोगी समूहले इदलीब नजिकैको तालिम शिविरभित्र भेला गरिरहेको समय उक्त आक्रमण भएको जानकारी प्राप्त भएको छ।”
आक्रमण कसले गरेको भन्ने तत्काल थाहा हुन नसकेको र मिसाइल युद्धक विमानबाट वा जमिनबाट हानिएको भन्ने थाहा भैनसकेको उक्त संस्थाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment