आज तीजको दर खाने दिन

डिसी नेपाल
१५ भदौ २०७६ ९:१८

काठमाडौं । नेपाली महिलाहरुको महानपर्व तीज अन्तरर्गत आज दरखाने दिन, दर खाएर मनाइँदै छ। दर खाने दिनमा विभिन्न मिष्ठान्न परिकारसँगै दर खाने चलन छ । आज छोरी चेली बोलाएर दर खुवाउने गरिन्छ।

माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, चाम्रे लट्टे, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने प्रचलन छ । पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली राजधानी तथा अन्य क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ।

दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने चलन रहेको छ।

परापूर्वकालमा देवी पार्वतीले शीवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोली ब्रत बस्ने चलन रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *