सेनाका जवानले किशोरीलाई भेट्न बोलाएर दुई साथीसँग मिलेर गरे सामूहिक बलात्कार
नयाँ दिल्ली। सेनाका एक जवानले आफ्ना दुई जना साथीसँग मिलेर एक १९ वर्षीया युवतीको सामूहिक बलात्कार गरेको खुल्न आएको छ। यो घटना भारत राजस्थानको सिकरको हो। प्रहरीले एक जना आरोपीलाई पक्राउ गरेको छ।
आरोपी सेनाको जवान र उनका एक जना साथी भने फरार रहेको भारतीय संचारमाध्यमले जनाएका छन्। पीडिताले राजस्थानको सिकर जिल्लाको नेछवा गाउँमा २५ अगस्टमा तीन जनाले सामूहिक बलात्कार गरेको आरोप लगाएकी छन्। त्यसपछि पीडित युवतीको बहिनीलाई पनि बारम्बार बलात्कार गर्ने धम्की दिइएको उनले जनाइन्।
प्रहरीका अनुसार आरोपीले पीडितकी बहिनीलाई आफूसँग अश्लील तस्वीर रहेको र बलात्कार गरेको कसैलाई बताए उक्त तस्वीर सार्वजनिक गर्ने धम्की दिएको पीडित पक्षको भनाइ छ।
प्रहरीका अनुसार आरोपी मुकेश कुमारले पीडितकी बहिनीलाई फोन गरेर बोलाएका थिए। उनी त्यहाँ पुग्दा प्रहरी पनि आइ पुगेपछि मुकेशलाई प्रहरीले पक्राउ गरेको हो। उनी पेशाले ड्राइभर हुन्। प्रहरीका अनुसार पीडित र सेनाका जवान महेश परिचित थिए। मुकेशले पीडितलाई भेट्न बोलाएका थिए। त्यसपछि आफ्ना दुई जना साथीसँग मिलेर उनको सामूहिक बलात्कार गरेका थिए।
घटनाको कयौं दिनसम्म पनि पीडितलाई फोन गरेर उनीहरुले घटना सार्वजनिक नगर्न धम्की दिएका थिए। अन्तिममा पीडित पक्षले प्रहरीमा उजुरी दिएकी थिइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment