नेपाली बैंकका खाता असुरक्षित, सिस्टम ह्याक गरेर एटिएमबाटै अरुको खाताको ५ करोड निकालियो

डिसी नेपाल
१५ भदौ २०७६ १०:४६

काठमाडौं। एटिपमको पिन नम्बर ह्याक गरेर बैंकका अन्य ग्राहकको बैंक खाताको पैसा एटिएम बुथबाट झिक्ने आपराधिक समूहले नेपाली बैंकलाइ निशाना बनाएको पाइएको छ । यसरी पैसा चोर्ने चिनियाँ आपराधिक समूहका केही सदस्य शनिबार पक्राउ परेपछि नेपाली बैंकका खाता असुरक्षित भएको खुलेको हो ।

उनीहरूले शनिबार नबिल बैंकका विभिन्न एटिएमबाट ५ करोड नगद निकालेका थिए । नबिल बैंकको एटिएमबाट पैसा झिकेपछि चिनियाँ समूह सक्रिय रहेको खुलेको हो। प्रहरीले शनिवार साँझ चार चिनियाँ नागरिकलाई ५ करोड रुपैयाँ नगदसहित पक्राउ गरेको छ। अझै केही फरार छन्।

स्रोतका अनुसार, शनिवार नबिल बैंकका विभिन्न एटिएम बुथहरूबाट ठूलो मात्रामा नगद झिकिएको थियो। ठूलो मात्रामा पैसा झिकिएपछि कर्मचारीहरूले के भएको रहेछ भनेर सिस्टमबाट त्यसलाई ट्रयाक गर्न थाले। उनीहरूले अस्वाभाविक रूपमा पैसा झिकिएको र केही शंकास्पद गतिविधि भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको छ। यो प्रणालीमा १५ वटा बैंकहरु आबद्ध छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *