आजपनि घट्यो सुनको भाउ, तोलाको कति ?

डिसी नेपाल
१५ भदौ २०७६ १०:५४

काठमाडौँ । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ झन् घटेको छ । शुक्रबार १ हजार रुपैयाँ घटेको सुनको भाउ आज ४ सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला ७२ तथा तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुन ७२ हजार ४ सय रुपैयाँ तथा तेजावी सुन ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *