प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको रास्वपाको गुनासो

डिसी नेपाल
६ असार २०८२ १३:१४
28
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको जनाएका छन्।

‘भिजिट भिसा’ प्रकरणको उठाई संसदमा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनले भने, “हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा कुरा सुनाउन चाहन्थ्यौं, उहाँ हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो। त्यसपछि हामी पनि निस्क्यौं।” प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सबै सांसदहरूले विरोधस्वरूप कालोवस्त्र र नीलो ‘रिबन’ लगाएर उपस्थित भएका थिए। नीलो रिबन विश्वव्यापी रुपमा मानव तस्करीको विरोधस्वरूप संकेत मानिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *