इजरायली आक्रमणमा इरानको अराक आणविक स्थलमा कति क्षति भयो ?

डिसी नेपाल
६ असार २०८२ १४:५२
592
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले अराक शहर नजिकै रहेको इरानी आणविक स्थलमा इजरायलको आक्रमणबाट ‘प्रमुख भवनहरू’ क्षतिग्रस्त भएको पुष्टि गरेको छ।

इजरायली युद्धक विमानहरूले बिहीबार अराक हेभी वाटर रियाक्टरमा बमबारी गरे । यद्यपि आइएइएले आणविक स्थलमा कुनै पनि आणविक सामग्री नभएको बताएको छ ।

आइएइएका प्रमुख राफेल ग्रोसीले इजरायली आक्रमणका कारण अहिलेसम्म कुनै ‘ठूलो रेडियोलोजिकल घटना’ नभएको तर ‘रेडियोलोजिकल दुर्घटना’को खतरा अझै पनि कायमै रहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.