शीर्ष तीन दलका नेताहरू छलफलमा, के हुँदैछ कुराकानी?
काठमाडौं । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेता सहभागी छन्।
यसअघि नै प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाइए पनि प्रचण्ड अनुपस्थित भएकाले स्थगित हुँदै आएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment