रविको अभिव्यक्ति- मेराविरुद्ध नियोजित षड्यन्त्र भयो, देशप्रेमीलाई पन्छ्याइँदैछ

डिसी नेपाल
७ असार २०८२ १०:१३
600
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूविरुद्ध नियोजित षड्यन्त्र भएको बताएका छन्।
लामिछानेले एक सार्वजनिक जारी गर्दै आफूमाथिका आरोपहरू नियोजित भएको बताएका हुन्। ‘मेरामाथि लगाइएका आरोपहरू षड्यन्त्रपूर्ण छन्। हालको घटनाक्रमलाई हेर्दा राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेतालाई हटाउने योजनाको हिस्सा भनेका छन्,’ उनले भने।
आफूले जनताबाट पाएको समर्थन र साँचो देशभक्तिलाई दण्डित गर्न खोजिएको उनले बताए। केही गुटले विगत तीन वर्षदेखि योजनाबद्ध रूपमा आफ्ना चरित्र हत्या अभियान सञ्चालन गर्दै आएको उनको आरोप छ।
लामिछानेले आफूलाई अमेरिकामा बसेका बेला भएको वैवाहिक सम्बन्ध र त्यससँग सम्बन्धित विषयलाई राजनीतिक स्वार्थले उछालिएको आरोप पनि लगाएका छन्। उनले लेखेका छन्, ‘यो वैयक्तिक जीवनसँग सम्बन्धित विषयलाई सार्वजनिक गरेर मेरो सामाजिक छवि बिगार्ने प्रयास हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.