माइतीघरबाट हिँड्दै आएका रास्वपा सांसदलाई बानेश्वरमा प्रहरीले रोक्यो

डिसी नेपाल
७ असार २०८२ १२:१४
944
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू माइतीघरबाट हिँड्दै नयाँ बानेश्वरस्थित संसद भवन गएकोमा प्रहरीले रोकेको छ।

पार्टी स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरेका रास्वपाका सांसद कार्यक्रमस्थलबाट हिँड्दै बानेश्वर प्रस्थान गरेका थिए।

उनीहरू बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुन माइतीघरबाट बानेश्वर हिँडेका थिए।

उनीहरूलाई प्रहरीले नयाँ बानेश्वर चोकचन्दा अघि बढ्न नदिएपछि केहीबेर तनावको अवस्था आएको थियो ।

कार्यकर्तालाई रोके पनि रास्वपाका सांसदहरू हिँडेरै संसद् भवनभित्र छिरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *