अमरेशको अभिव्यक्तिप्रति एमालेको आपत्ति-‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’

डिसी नेपाल
८ असार २०८२ १२:३२
212
Shares

काठमाडौं।  स्वतन्त्र सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा एमालेले आपत्ति जनाएको छ।

सांसद  सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको भन्दै बाँकी जिल्ला अर्को देशलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएका थिए। बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा सिंहले बजेट नजाने जिल्ला नेपालमा किन राख्ने ? प्रश्न गर्दै ७२ जिल्ला चीन, अमेरिका भारतलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएका थिए।

नेकपा एमालेका  प्रमुख सचेतक महेश बर्तौलाले सांसद अमरेश सिंहले सदनमा राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही अभिव्यक्ति भएको बताएका हुन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उनले सिंहले देशलाई अमेरिका लगायतको देशमा गाभ्ने भन्ने कुरा संसदको रोस्टमबाट राखेको अभिव्यक्तिप्रति नियमापत्ति गर्दै यो कुरा रेकर्डबाट हटाएर कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका हुन्।

उनले भने,  ‘मेरो नियमापत्ति २०, २१ र २३, छलफलमा सहभागी हुनुभएका मान्य सदस्य अमरेश सिंहले अत्यन्तै आपत्तिजनक विषय हो। देशलाई अर्को देशमा वा अमेरिका लगायतको देशमा गाभ्ने भन्ने कुरा संसदको रोस्टमबाट राख्नु आपत्तिजनक अभिव्यक्ति हो। राष्ट्रघाती, देशद्रोही अभिव्यक्ति हो। यसलाई कारबाहीको विषय बनाउनुपर्छ। यसलाई रेकर्डबाट हटाउने कुरा मात्र होइन्, मुलुकको स्वाभिमानको विरुद्धमा, राष्ट्रिय अखण्डताको विरुद्धम हो। एउटा सांसदले यस्तो कुरा राख्ने विषयलाई कारबाहीको विषय बनाइनुपर्छ।’

यस्तै, उनले यस्ता राष्ट्रघाती अभिव्यक्ति सदनमा सुनेर बस्न नसक्ने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.