फिलिपिन्स विमान दुर्घटना : चालकदल २ सदस्यीयसहित ९ जनाको मृत्यु

डिसी नेपाल
१५ भदौ २०७६ २०:२०
24
Shares

मनिला (रासस/सिन्ह्वा) : आइतबार दिउसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ।

फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको छ।

यस पहिले आएको प्रारम्भिक रिपोर्टमा विमानमा कति जना यात्रु रहेका थिए भन्ने जानकारी पाउन सकिएको थिएन भने सात जनाको मृत्यु भएको बताइएको थियो।

विमान दिउसो ३ बजे पान्सोलसिथ्त एक निजी रिसोर्टमा दुर्घटनाग्रस्त भएको प्रहरीले उल्लेख गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *