आसाममा जारी राष्ट्रिय नागरिक दर्ताले नेपाली भाषीलाई असर पार्दैन : भाजपा सांसद राजु विष्ट

डिसी नेपाल
१५ भदौ २०७६ २०:५०

काठमाडौं । भारतको दार्जिलिङबाट लोक सभाका भारतीय जनता पार्टीका लागि सांसद राजु विष्टले भारतको आसाम राज्यमा जारी गरिएको राष्ट्रिय नागरिक दर्ताले कुनै पनि नेपाली भाषी तथा गोर्खाहरुलाई कुनै असर नपर्ने बताएका छन्।

भारतको राजधानी दिल्लीमा प्रवासी नेपालीहरुको संस्था हाम्रो स्वाभिमान ट्रस्टले आइतवार आयोजना गरेको हरितालिका तीज महोत्सव कार्यक्रममा बोल्दै बिष्टले आसाममा लामो समयदेखि बसोबास गरिरहेका विदेशी नागरिकलाई अवैध ठहर गर्ने राष्ट्रिय नागरिक दर्ता (एनआरसी)ले नेपाली भाषी र गोर्खालाई ससर नगर्ने बताएका हुन्।

एनआरसी भारतमा बस्ने नेपाली भाषीको लागि नभएको भन्दै नडराउ आग्रह गरे। सांसद बिष्टले आफु दार्जिलिङको छुट्टै राज्यको मुद्धा उठाएर संसद पुगेको भन्दै ५ वर्षसम्ममा यसको स्थायी समाधान निकाल्ने बताए।

कार्यक्रममा सांसद विष्टले सम्पूर्ण महिलाहरुलाई तीजको शुभकामना पनि दिएका थिए। हिन्दु नेपाली महिलाहरुको महान पर्व तीजका अवसरमा हाम्रो स्वाभिमान ट्रस्टले हरेक वर्ष भव्य कार्यक्रमका साथ हरितालिका तीज कार्यक्रम गर्दै आएको छ।

यस वर्ष ट्रस्टले नेपालका ख्याति प्राप्त लोक तथा दोहोरी गायक रामजी खाँड र गायिका सुनिता दुलालको प्रस्तुतीमा भव्य कार्यक्रम गरेको हो। समारोहमा स्थानिय कलाकारहरुले पनि प्रस्तुति दिएका थिए।

कार्यक्रममा दिल्ली एनसीआरमा बस्ने करिब ३५ सय नेपालीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा महिला(दिदिबहिनीहरुले तीजको गीतमा नाचेर रमाइलो गरेका थिए।

समाचारमा बताइए अनुसार भारत सरकारले आप्रवासीको रुपमा भारतको पुर्वोत्तर राज्यमा बसेका विदेशी नागरिकको लागि राष्ट्रिय नागरिक दर्ता अभियानमा नजोड्ने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *