अमेरिकामा जन्मेकै आधारमा नागरिकता नपाइने

डिसी नेपाल
१५ असार २०८२ ७:०९
1.8k
Shares

काठमाडौं। अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यकारी अधिकार सीमित नगर्न आदेश जारी गरेको छ। यो आदेश जारी भएसँगै त्यहाँका तल्ला अदालतले राष्ट्रपतिको कार्यकारी आदेशमाथि अंकुश लगाउन नपाउने भएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसको पत्रकार सम्मेलन कक्षमा पत्रकारलाई सम्बोधन गर्दै यसलाई ‘ठूलो, अद्भुत निर्णय’ भएको बताएको सिएनएनले जनाएको छ। उनले आफ्नो प्रशासन त्यस फैसलाका कारण निकै हर्षित बनेको बताउँदै भने, “संविधान, शक्ति पृथकीकरण र कानुनी राजका लागि एउटा यो ऐतिहासिक विजय हो।”

सर्वोच्च अदालतले अब अमेरिकी भूमिमा जन्मेका सबैलाई नागरिकता नदिनका लागि बाटो खोलिदिएको छ। न्यायाधीश एमी कोनी ब्यारेटले ट्रम्पको जन्मसिद्ध नागरिकतामा अझै व्यापक रोक लगाउन राज्यहरूका लागि ढोका खोलिदिएका छन्।

राष्ट्रपति ट्रम्पले अदालतको आदेशले जन्मका आधारमा पाइने नागरिकताको छलमाथि अप्रत्यक्ष रूपमा, कडा प्रहार भएको बताउँदै उनले त्यस निर्णयले आप्रवासन प्रक्रियाको घोटाला रोक्ने दाबी गरे। महान्यायाधिवक्ता पाम बोन्डीले अमेरिकाले जन्मका आधारमा दिइने नागरिकताको व्यवस्था अन्त्य गर्ने वा कायमै राख्ने विषयमा सर्वोच्च अदालतले अक्टोबरमा निर्णय गर्ने जानकारी दिए।

अमेरिकामा जन्मिएका कुनै पनि नागरिक स्वतः त्यहाँको नागरिक हुने व्यवस्थाविरुद्ध ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै रोक लगाएका थिए। सो निर्णयलाई तल्लो अदालतका न्यायाधीशले रोक लगाएका थिए।

अब राष्ट्रपति ट्रम्पको आदेश ३० दिनपछि लागू हुने छ। ट्रम्पले भने, “अब आफ्ना नीति चाँडो कार्यान्वयन गर्ने छु। सर्वोच्च अदालतको यो फैसला देशका लागि अत्यन्त राम्रो छ।”

अब आमा अवैध रूपमा अमेरिकामा बसोबास गरिरहेको अवस्थामा उनले अमेरिकामा जन्माएको बच्चाले अमेरिकी नागरिकता पाउने छैन। त्यसै गरी आमाको अमेरिकी बसाइ वैध भए पनि उनी अस्थायी अनुमतिमा बसिरहेको अवस्थामा जन्मिएको बच्चाले पनि नागरिकता पाउने छैन।

बच्चाको जन्म समयमा बाबु अमेरिकी नागरिक वा वैध स्थायी निवासी होइनन् भने पनि बच्चाले अमेरिकी नागरिकता नपाउने समाचारमा जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *