असार १५ संस्कृति र एकताको प्रतिक पनि हो : नेता केसी
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले आफ्नो गृह जिल्ला नुवाकोटमा धान रोपाइँ गरेका छन्।
असार १५ अर्थात २२ औं राष्ट्रिय धान दिवसको अवसरमा उनले नुवाकोटस्थित लिखु गाउँपालिका–६, थानसिंह गाउँमा धान रोपाइँ गरेका हुन्।
केसीको प्रमुख आतिथ्यतामा नेपाल किसान महासंघ नुवाकोटले उक्त धान रोपाइँ कार्यक्रमको आयोजना गरेको थियो।
किसानको मेहनतलाई सम्मान र हौसला प्रदान गर्ने उद्देश्यले उनी रोपाइँ कार्यक्रमममा सहभागि भएका हुन्। रोपाइँ कार्यमा सरिक हुँदै उनले असार केवल खेतीको समय मात्र नभई यो संस्कृति र एकताको प्रतिक भएको धारणा व्यक्त गरे।
सरकार र विभिन्न संघ संस्थाहरुले आज देशभर धान रोपाइँ कार्यक्रम गरेर र दही चिउरा खाएर रोपाइँ महोत्सव मनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment