मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

डिसी नेपाल
१८ असार २०८२ १२:४१
24
Shares

जनकपुर । मधेश प्रदेशकी सांसद ललिता दास (तत्मा)माथि लुटपाट प्रयास भएको छ। उनले आफूमाथि गएराति एक समूहले सिराहाको लहानमा लुटपाट र हमलाको प्रयास गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्।

गएराति साढे १२:३० बजेतिर जनकपुरबाट लहानस्थित घर जाने क्रममा एनएमबी बैंकको गल्लिमा आफूलाई दुई जना केटाले लखेटेर लुटपाट र हमला गर्ने प्रयास गरेको उनले बताएकी हुन्। समयमै भागेर घर पुगेपछि परिवारले ढोका खोलेको र आफ्नो ज्यान जोगिएको उनले लेखेकी छन्।

सांसद ललिताले थाना नजिकै रहेको उनको घर निर आफू असुरक्षित महसुर गरेको भन्दै उनले हाम्रो देशमा के हुँदैछ भनेर प्रश्न गरेकी छन्। उनले लेखेकी छन्, ‘आखिर के हुँदैछ हाम्रो देशमा? किन यति भय, त्रास दिँदैछन् हामीलाई? क्रमबद्ध रुपमा दलित समुदायको हत्या हुँदैछ। थानाको नजिक मेरो घर हो तर पनि यति असुरक्षित। केहि महिना पहिला एक जनालाई मेरै घर अगाडि छुरा प्रहार गरेको थियो। आफ्नै देश, घरमा पनि डर त्रासको माहोल छ। कसरी बाँच्ने?’

सांसद दासले डीएसपीलाई खबर गर्दा पनि उनले बेवास्ता गरेको बताएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.