सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका-११ जहदीस्थित सडकमा पचेहराबाट श्रीनगरतर्फ जाँदै गरेको लु.६ प १०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-९ श्रीनगर बस्ने १७ वर्षीय लाले यादवको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
लमजुङको मध्यनेपाल नगरपालिका-४ तिलार चोकमा ग.१ त ७६३७ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटना हुँदा चालक कास्की रूपा गाउँपालिका-३ पोल्याङ बस्ने बाग्लुङ काठेखोला गाउँपालिका-७ घर भएका १९ वर्षीय आयुसमान गुरूङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको दमौली अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो।
सल्यानको त्रिवेणी गाउँपालिका-३ कार्यबासस्थित सडकमा लुहामबाट काभ्रातर्फ जाँदै गरेको रा.१ त ४५४५ नम्बरको ट्याक्टरबाट खसेर सोही गाउँपालिका-३ बस्ने १६ वर्षीय कबिर रोकाको बुधबार दिउँसो मृत्यु भएको छ। ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment