बाराको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट

डिसी नेपाल
१८ असार २०८२ २२:११
912
Shares

बारा। बारामा रहेको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ। बुधबार राति करिब साढे ९ बजे भट्टीमा विस्फोट भएको हो।

फलाम पकाउने भट्टीमा ठुलो आवाजसहित विस्फोट भएको र विस्फोटको आवाजले आसपासको जमिनसमेत थर्किएको स्थानीयले बताएका छन्।

विस्फोटपछि अहिले प्रहरीको टोली खटिएको र के कारणले विस्फोट र अन्य के के क्षति भयो भन्नेबारे यकिन हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.