ट्रम्पद्वारा अमेरिकी केन्द्रीय बैंकका प्रमुखको राजीनामा माग
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तत्काल प्रभावबाट राजीनामा दिन भनेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्टमा भनेका छन् , “धेरै ढिलो भयो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ!!!”
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्षको रूपमा मनोनित गरेका थिए। ट्रम्पले ब्याजदर कटौती नगरेकोमा पावेलको बारम्बार आलोचना गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनलाई पदबाट हटाउने शक्ति छ कि छैन भन्ने कुरा स्पष्ट छैन।
पावेलको बारम्बार आलोचना गरे तापनि, राष्ट्रपतिले यस वर्षको सुरुमा भनेका थिए “पावेललाई बर्खास्त गर्ने उनको कुनै मनसाय छैन।”
ट्रम्पले आर्थिक वृद्धि बढाउन फेडरल रिजर्भ बैंकले ब्याजदर घटाओस् भन्ने चाहन्छन्। यसैबीच, पावेलले मंगलबार भने – यदि ट्रम्पको ट्यारिफ नीतिहरूले अर्थतन्त्रलाई असर नगरेको भए, केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुन्थ्यो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment