‘मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन फितलो’

डिसी नेपाल
१९ असार २०८२ १२:५६
20
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बिहीबार बसेको ६०औं बैठकमा मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन र चुनौतीका विषयमा छलफल भएको छ।

बैठकमा समितिका सभापति किरणकुमार साहले मानव सभ्यता र संस्कृतिसँग जोडिएको मानव बेचबिखन अहिले गम्भीर समस्याको रूपमा देखा परेको बताए।

उनले भने, ‘हामीले कानुन त बनायौं, तर कार्यान्वयन पक्षमा चुनौति देखिन्छ। महिला दिदीबहिनीहरूलाई अन्य मुलुकमा अनैतिक रूपमा ओसारपोसार गरी बेचबिखन गर्ने कार्य अझै रोकिएको छैन।’

सभापति साहले भारत, कुवेत, इरान, दुबईलगायतका मुलुकमा नेपाली महिला बेचबिखनको शिकार भइरहेको बताए। हजारौं नेपाली नागरिकहरू त्यहाँ अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि गम्भीर ढंगले ध्यान दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘भारतलगायत कुवेत, इरान, दुबईलगायतका देशमा हाम्रा दिदीबहिनीहरु बेचबिखनका सिकार भएका छन्। यसलाई गम्भीर चासोको साथ हेर्नुपर्छ। विधायक बनाउँदाखेरि संवेदनशिल बन्नपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.