उद्योग समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन

डिसी नेपाल
१९ असार २०८२ १५:४६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडको अनुगमन गरेको छ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग समितिका सभापति अब्दुल खान तथा समिति सदस्यहरुको टोलीले अनुगमन गरेको हो।

अनुगमनपछि सभापति खानले सरकारको स्वामित्व भएको संस्थाले ११ वटा मात्र औषधि मात्र बनाउनु दुखद् कुरा भएको बताए।

औषधि नपाएर व्यापक आन्दोलनसमते गरेको अवस्थामा सो संस्थाले प्रोडक्सन गरेको औषधिहरु नेपाल सरकारले स्वयंम यसको विषयमा चासो र चिन्ता नलिएर आफैं सरकारी संस्थाहरुमा खरिद् नगर्नु दुखद् कुरा भएको उनको भनाई छ।

उनले भने,‘अहिले आएर हाम्रो सरकारको संस्थाले ११ वटा मात्र औषधि मात्र बनाउनु ,तयार गर्नु एउटा दुखद् कुरा हो। हामीले २० वटा औषधि बनाउने तरखरमा छौं। आउने वर्षमा २० वटा बनाउँछौं। हाम्रो जनशक्ति पर्याप्त छ। सबै भौतिक संरचनाहरु पूर्ण छ। तथापी भाडाको पैसा उठाएर कर्मचारी साथिहरुले पैसा खानुपर्ने अवस्था छ। औषधि नपाएर व्यापक आन्दोलनसमत गरेको अवस्था हामीले देखेको छौं। यस्तो अवस्थामा यो संस्थाले प्रोडक्सन गरेको औषधिहरु नेपाल सरकारले स्वयंम यसको विषयमा चासो र चिन्ता नलिएर आफैं सरकारी संस्थाहरुमा खरिद् नगर्नु दुखद् कुरा हो।’

यस विषयमा औषधि संस्थाको मानिस र मन्त्रीसमेतलाई बोलाएर समितिमा छलफल गरिने समेत उनले जानकारी दिए। हरेक संस्थाबाट सरकासँग अपेक्षा राख्ने तर सरकारले त्यो पूरा नगर्ने भएपछि देश कसरी चल्छ भन्दै उनले प्रश्न गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.