नक्कली विद्यालय खडा गरी भ्रष्टाचार, चार जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली विद्यालय खडा गरी भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले डोल्पाका जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मुनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
डोल्पाको तत्कालीन दुनै गाविसमा हुँदै नभएको दुर्गा प्राथमिक विद्यालय खडा गरी भवन निर्माणका नाममा ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरेको अख्तियारको ठहर छ। सो विषयमा उजुरी परेपछि अख्तियारले स्थलगतरूपमा अनुसन्धान गरेको थियो। तर, दुनै गाविस वडा २ र ३ मा कुनै पनि विद्यालय सञ्चालन नरहेको जानकारी पाएको थियो। शान्ति तथा पुननिर्माण मन्त्रालयबाट पनि कुनै रकम नआएको र भवन पनि नबनेकेको अनुसन्धानमा पत्ता लागेको अख्तियारको भनाइ छ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसूरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम उक्त ऐनलको उपदफा (१) को देहाय (ङ) र दफा ३ उपदफा (१) देहाय (घ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदाफ (१) बमोजिम बिगो बमोजिम जरिवाजा गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल्न माग दाबी गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment