अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्।
कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ लुम्रे पुलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित सोही महानगरपालिका-२५ हेम्जा बस्ने म्याग्दी घर भएका २१ वर्षीय योगेश रोका समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको प्रहरीले लु.प्र.०१-००६ प ०८३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ४ सय मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय सिशिर भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
उदयपुरको बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सोही नगरपालिका-९ बस्ने ३० वर्षीय युबराज राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको स.२ प ८२११ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment