चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

डिसी नेपाल
२० असार २०८२ ८:१६
24
Shares

लम्की(कैलाली)।बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेका छन्।

दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट रु २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गरेका हुन्। पटक–पटक गरी रु २० हजारदेखि दुई लाखसम्म ऋण लिई उनले व्यवसाय विस्तार गरे।

हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक रु ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उनले बताए। सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले जानकारी दिए।

रासससँग सङ्क्षिप्त कुरा गर्दै उनले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताए। विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उनी सुझाउँछन्। सहकारीको सहयोगको पनि उनले सराहना गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.