यूएईमा पनि मनाइयो गौरा पर्व

डिसी नेपाल
१६ भदौ २०७६ १३:१२

युएई । शुक्रबार  सुदूर पश्चिम सेवा समाज युएईले सधैँ जस्तो यो वर्ष पनि बर दुबईको एभरेस्ट क्लबमा गौरा पर्व धूमधाम पूर्वक मनाएको छ।

कार्यक्रमका लागि नेपालबाट गायक तथा मोडल चक्र बम, गायिका रेखा जोशी युएई आएका थिए।

कार्यक्रम सुदूरपश्चिम सेवा समाजकी अध्यक्ष सन्ध्या भण्डारीको अध्यक्षता तथा सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समन्वय समितिका बरिष्ठ उपाध्यक्ष एवम् युवा व्यवसायी लोकेन्द्र बहादुर बमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

त्यस्तै विशेष अतिथिमा नेपाली समाज अध्यक्ष चन्द्र प्रसाद सापकोटा, विश्व हिन्दु सहयोग संघका निवर्तमान अध्यक्ष गोविन्द ढकाल, सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समन्वय समितिका मध्ये पूर्व संयोजक धर्म राज पाण्डे, एआरएन प्रतिनिधि कुमार कार्कीलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए ।
कार्यक्रम समाजका महासचिव दान सिह महरा  (दिनेश)र सचिव मनोज भट्ट (सानुकाजी) ले सञ्चालन गरेका थिए भने समाजको तर्फबाट उपस्थित पाहुनाहरूलाई संस्थाका सल्लाहकार लक्षमण अधिकारीले  स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लोकेन्द्र बहादुर बमले सुदूरपश्चिमकोसंस्कृति गौरा पर्वलाई विदेशी भूमिमा बनाउन पाउँदा र सबै नेपाली दाजुभाइहरूसँग हात मिलाएर देउडा खेल्दा आफ्नै गाउँको यादले झस्काउने र पुर्खाको स्मरण आइरहने कुरा बताए । त्यस्तै नयाँ पुस्ताका लागि आफ्नो संस्कृति बचाई राख्न विश्व भरि छरिएका सबै नेपालीहरूलाई यस्ता संस्कृति कार्यक्रम गर्न आह्वान समेत गरे।

नेपालबाट आएका गायक चक्र बमले आधा दर्जन भन्दा बढी आधुनिक र देउडा गीत गाएर दर्शकलाई नचाउँदा थोरै समयमा चर्चामा आउँन सफल गायिका रेखा जोशीले थुप्रै देउडालगायत तीज गीत गाएर सहभागी दिदीबहिनी तथा दाजुभाइलाई नचाएकी थिइन्।

सोही कार्यक्रममा सुदूरपश्चिम सेवा समाज युएईका संस्कृति विभाग प्रमुख गौरा कार्यक्रम संयोजक सुरज साहलाई बिदाई एवम् सम्मान पनि गरिएको थियो । त्यस्तै प्रमुख अतिथि लोकेन्द्र बहादुर बमले आर्थिक विपन्न परिवारका सदस्य सेर बहादुर नेपालीको लागि २५ हजार नेपाली रुपैयाँ समाजमार्फत सहयोग गरे।

‘​​​​​​​


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *