लागूऔषधसहित १८ जना पक्राउ

डिसी नेपाल
२० असार २०८२ १२:१५
524
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ नगुवा बस्ने २४ वर्षीय अनुतम बहादुर श्रेष्ठ र नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१४ घर भएका २६ वर्षीय कपिल घर्ती रहेका छन्। अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै उनीहरूले प्रयोग गरेको पिकअप गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दियाको बढैयाताल गाउँपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ पडरीया बस्ने २२ वर्षीय आकाश बहादुर मगर र २८ वर्षीय देव सिंह ठकुरी रहेका छन्। प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलालीको जानकी गाउँपालिका-९ कटासे बस्ने २७ वर्षीय शंकर थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र अवैध लागूऔषध गाँजा ३० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

सिराहाको लहान नगरपालिका-११ पडरीया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १८ ग्राम ६ सय १० मिलिग्राम, २ लाख ८२ हजार ७ सय १० नेपाली रूपैयाँ र १ हजार २ सय ५० भारतीय रूपैया सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय मिथलेश कुमार चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले मिथलेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका-१५ विशाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २६ वर्षीय दिवश राई र २९ वर्षीय विशन श्रेष्ठ रहेका छन्। अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरीको धरान उपमहानगपालिका-१३ निशानेबाट अवैध लागूऔषध गाँजा करिब ४९ किलो ७ सय २५ ग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भोजपुर पौवादुङमा गाउँपालिका-६ बस्ने ३६ वर्षीय जिवनराज राई र ३१ वर्षीय आरएन राई रहेका छन्। अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६२६८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी सुनसरीकै कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१७ बस्ने २३ वर्षीय मनिष लिम्बु र सोही उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय मनिष राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ७९६० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित सोही नगरपालिका-१४ धाईजन गोलबारी बस्ने २६ वर्षीय सरोज लामिछानेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.८ प १५८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

मकवानपुरको भिमफेदी गाउँपालिका-१ बागझोराबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ३६ वर्षीय कुमार सिं गोलेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भैंसे र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले सानोटारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.९४ प ८०८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

सिन्धुलीको कमलामाई नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित तिनपाटन गाउँपालिका-९ चकमके घर भई कमलामाई नगरपालिका-४ ढुग्रेवास डेरा गरी बस्ने २७ वर्षीय बिनोद परियारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

धनकुटाको धनकुटा नगरपालिका-६ सरस्वती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीय सुशील खड्गीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

पर्वतको कुश्मा नगरपालिका-७ खरीया बस्ने २६ वर्षीय सुरेश परियारलाई नियन्त्रित लागूऔषध फेनारगन १६ एम्पुल, डाईजेपाम १६ एम्पुल र नुर्फिन १६ एम्पुल सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.