प्रणालीमा समस्या, सवारी चालक अनुमतिपत्र सम्बन्धि सबै सेवा बन्द
काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएसँगै लाइसेन्ससँग सबन्धित सबै सेवा बन्द भएका छन्।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नहुँदासम्म सबै सेवा बन्द गरिएको जनाएको छ।
‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ,’ विभागको विज्ञप्तिमा भनिएको छ। समस्या समाधान कार्य भइरहेको समेत विभागले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment