नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक छ : स्वामी विवेकानन्द

डिसी नेपाल
२० असार २०८२ १७:०७
60
Shares

काठमाडौं । स्वामी विवेकानन्दले नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘द मेनुफेष्टो’ अन्तरक्रियामा बोल्दै उनले अहिलेसम्म ‘पोलिसी फ्रमेवर्क’ राम्रो भएका राष्ट्रमात्र अगाडि बढेको उदाहरण दिँदै नेपालमा पनि राम्रो पोलिसी फ्रेमवर्क बनाउन आवश्यक रहेको बताएका हुन्।

उनले भने,‘जुन राष्ट्रमा पोलिसी फ्रेमवर्क राम्रो हुन्छ, त्यहाँ विकास हुन्छ। जापान जर्मनीपनि डुबेको थिए। तर उनीहरुको पोलिसी राम्रो थियो। सोही कारण फेरि री अगाडि बढे। भारतमा पनि कुनै समय भीख माग्ने अवस्था थियो। १९९० मा पोलिसी राम्रो बनेपछि अगाडि बढ्न थाल्यो। नेपालले पनि यस्तै राम्रो पोलिसी फ्रेमवर्क बनाउन आवश्यक छ। राम्रो पोलिसी फ्रेमवर्क तब बन्छ, जब सञ्चालन कर्ता शासन कर्ता, नेता, मन्त्री, लोभी लालची र भ्रष्टाचार नगर्ने इमान्दार हुन्छ।’

त्यस्तै उनले सबै हिन्दुहरुले दुनियाँमा सबैजना सम्पन्न होस् भन्ने चाहना राख्ने बताए। हिन्दुहरुले कहिल्यै पनि गरिबीको निन्दा र गरिबीको सेलिब्रेट नगर्ने उनको भनाई छ।

उनले हिन्दुहरुको साथमा जुन शिक्षा प्रणाली र ज्ञान छ त्यो आज पनि उत्तिकै समाजको लागि समकालिन रहेको धारणा राखे। वर्तमान समयमा भारत र नेपालका धेरै मानिसहरु मोर्डन धर्मको रुपमा इसाई धर्ममा लागिरहेकोमा चिन्ता व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *