टौवास खोलाले बगाउँदा वनभोज खान आएका एक जनाको मृत्यु

डिसी नेपाल
२१ असार २०८२ १८:२९
144
Shares

बागमती। मकवानपुरको भिमफेदी गाउँपालिका-१ स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका-५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

वीरगञ्जबाट साथीहरूसँग वनभोज खान आएका शर्माको खोलामा नुहाउने क्रममा अचानक पानीको बहाब बढ्दा बगेर मृत्यु भएको जानकारी आएको उनले बताए


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *