गोली चलाएर तीन लागूऔषध कारोबारी पक्राउ
काठमाडौं । प्रहरीले मोरङको रंगेली नगरपालिका वडा नम्बर–८ मा गोली चलाएर तीन जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।
आइतबार दिउँसो कारोबारीलाई पक्राउ गर्ने क्रममा एक राउण्ड हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए।
प्रहरीले भारतीय नागरिक ४५ वर्षीया हसिना खातुन, रंगेली घर भएकी ३८ वर्षीय सुशील बुढाथोकी र ५४ वर्षीय कृतानन्द ठाकुर छन्।
लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले आरोपीहरूको साथबाट ४ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ। आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment