तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु
काठमाडौं । महोत्तरीमा ११ हजार भोल्टको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
ओरही नगरपालिका-७ स्थित ११ हजार भोल्टको विद्युतीय तार चुडिँएर खस्दा ३२ वर्षीय छटु मुखियाको मृत्यु भएको वडाध्यक्षले बताएका छन्। उनी रामगोपालपुर नगरपालिका-५ का स्थानीय हुन्।
वडा नम्बर ७ का वडाध्यक्ष जितेन्द्र यादवका अनुसार वडा-३ र ७ वडाको बीचमा कल्भर्ट निर्माणमा काम भइरहेको छ। त्यहाँ काम गरिरहेका मजदुर मुखियाको तार खसेर लाग्दा घटनास्थलमै मृत्यु हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment