ट्राफिक प्रहरीलाई चश्मा हस्तान्तरण
काठमाडौं। नेत्र ज्योती संघ त्रिपुरेश्वर काठमाडौंले ट्राफिक प्रहरीलाई चश्मा (सन ग्लास) हस्तान्तरण गरेको छ।
आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई संघका अध्यक्ष चेतराज पन्तले एक हजार ८०० थान चश्मा हस्तान्तरण गरेका हुन्।
ट्राफिक प्रहरीलाई ड्यूटीमा खटिँदा धुलो, धुवाँ र घामबाट सुरक्षित राख्न चश्मा प्रदान गरेको ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment