केरुङ र लेन्दे खोलामा भीषण बाढीः मितेरी पुल बगायो, कर्मचारी र चालक सम्पर्कबिहीन
रसुवा। काठमाडौं। छिमेकी देश चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवा जिल्ला, गोसाईकुण्ड गा.पा. रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ।
मंगलबार बिहान अन्दाजी ३ः१५ बजे भोटेकोशी नदीमा बाढी आउँदा उक्त पुलमा क्षति पुगेको हो।
यसको साथै, सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन्। उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताए ।
भन्सारसँगैको ड्राइपोटमा पनि बाढीले क्षति पुर्याएको छ। उनले त्यहाँ पार्किङ गरेर राखिएका गाडी बगाउनुको साथै त्यहा कार्यरत कर्मचारी र सवारी चालकहरु सम्पर्क बिहीन रहेको बताए। यसबारे थप बुझ्ने काम भइरहेको पनि उनको भनाइ छ।
हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित पनि गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment