रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुशल उद्धार
काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सकुशल उद्दार गरि सुरक्षित स्थानमा राखिएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार मंगलबार बिहान चीनबाट आएको बाढीमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको सयुंक्त उद्दार टोलीले उद्दार गरेको हो।
सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ। अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ। नदीमा पानीको बहाव अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित पनि गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment