श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
काठमाडौं । झापामा आफ्नो कोठामा आएका व्यक्तिकी श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा एक युवतीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पस नजिक बस्ने २२ वर्षीया गंगा राईको आफ्नै कोठामा हत्या गरिएको हो ।
गएराती अर्जुनधारा ८ मै डेरा गरि बस्ने रमेश भुसाल गंगाको कोठामा आएको बताइएको छ । यो कुरा थाहा पाएपछि रमेशकी श्रीमती ३२ वर्षकी सुस्मिता भुसालले मान्छे जम्मा गरेर गंगाको कोठामा पुगेर उनलाई कुटपिट गरेकी थिइन् । सुस्मिताले आफ्नो छिमेकमा बस्ने ५४ वर्षीया मैया श्रेष्ठ,३८ वर्षीया बबिता विक,२४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासलाई बोलाएर गंगामाथि कुटपिट गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घाइते राईलाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो। उनको उपचारको क्रममा सोही अस्पतालमा आज बिहान सवा १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। प्रहरीले कुटपिट घटनामा संलग्न ५ जना महिला र सुस्मिताका श्रीमान् रमेश भुसाल समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment