पोखरीमा डुवेका व्यक्तिको सकुशल उद्धार
जनकपुर । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–३ स्थित धनुष सागर पोखरीमा डुवेका व्यक्तिको असार २५ गते राति करीव १ बजे सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।
सोही उपमहानगरपालिका–२५ लोहना बस्ने २० वर्षीय गणेश मण्डल राति पौने १ बजे उक्त पोखरीमा हामफाली डुवेका थिए। उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ।
सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवालको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment