विधायन समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल
काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल सम्पन्न भएको छ। बुधबार समितिको ९१औं बैठकमा उक्त विषयमा छलफल सम्पन्न भएको हो।
सोही क्रममा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा.वेदुराम भुसालले कानुन बनाउने मान्छेले सम्पूर्ण विषय बुझेर मात्र बनाउनु पर्ने बताएका छन्।
उनले यो राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ ले परिक्षणमा कत्तिको सघाँउछ यसमा सम्पूर्ण कुरा आएको छ छैन, काम कारवाहीमा निष्कर्श हुने गरि आएको छ छैन, यसमा केहि परिमार्जनको आवश्यकता छ छैन सबै कुरा बुझेर अहिलेको न्युनतम आवश्यकता बुझेर मात्र अगाडि बढ्नु पर्ने बताए।
उनले भने, ‘कानुन बनाउनेले विषय बुझेर बनाउनु पर्छ। त्यसैले अहिले के के गर्छौ यो प्रयोगशालामा र कति प्रकारका परिक्षण गर्छौ। यो नीतिले हामीले गरेका परिक्षणमा कत्तिको सघाँउछ यसमा सम्पुर्ण कुरा आएको छ छैन। हामीले गरेका काम कारबाहिमा निष्कर्श हुनेगरी आएको छ छैन, यसमा केहि परिमार्जनको आवश्यकता छ छैन हामीले बुझनुपर्ने कुराचाँहि त्यो हो, बनाउँदै जाउँला भन्ने अर्को कुरा छ तर अहिलेको न्युनतम आवश्यकता त यसले बुझ्न पर्यो। हामीले अहिले गरेका कामलाई मार्ग दर्शन गर्न त पर्यो नि। कानुन बनाउदाँ या विधेयक बनाउँदा प्रष्ट हुने गरि बनाउन आवश्यक छ। अहिले जुन किसिमको डाटा सुरक्षाको कुरा गरिरहेको छौं त्यो नेस्नल लेभलको डाटा बनाउन नसकेपनि यसको सुरक्षाको कुरा नगरे पनि यो विधेयक ऐन बनेपछि यसले गर्छ कि गर्दैन त्यो हेर्न आवश्यक छ। सुरक्षा व्यवस्थापनको कुरा मात्र गरेर हुँदैन के को बारेमा सुरक्षा गर्ने पनि खुलाउन पर्छ।’







डिसी नेपाल








Facebook Comment