‘करको बोझले मार्‍यो’

डिसी नेपाल
४ भदौ २०७५ ८:४८

काठमाडौं  । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरिएकामा आपत्ति जनाएका छन् । स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भए पनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरेको उनीहरुको गुनासो थियो ।

करका विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पष्ट निर्देशन दिन सांसदहरूले सरकारसँग आग्रह गरे । जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमा समेत कर लगाएर सङ्घीय शासन प्रणालीमा नै आँच आउने काम नगराउन उनीहरुले सदन र सरकारको ध्यानकर्षण पनि गराउ । यसरी ध्यानाकर्षण गराउनेहरूमा सांसद अमरेशकुमार सिंह, उमेश श्रेष्ठलगायत थिए ।

सांसद गगन थापाले विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्दै भौतिक पूर्वाधार निर्माण गर्दा विशेष ख्याल गर्न आग्रह गरे भने सांसद आशाकुमारी विक, कृष्णभक्त पोखरेलले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *