२०२० को झडपपछि पहिलोपटक भारतीय विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई भेटे

डिसी नेपाल
३१ असार २०८२ १३:१५
312
Shares

काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले मंगलबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरे। एस. जयशंकरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यस बैठकको बारेमा जानकारी दिए ।

जयशंकरले लेखेका छन्, “मैले उहाँ (सी जिनपिङ) लाई हामी (भारत र चीन) बीचको द्विपक्षीय सम्बन्धमा हालै भएका विकासक्रमहरूको बारेमा जानकारी गराएको छु। हामी यस सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई अत्यन्त महत्त्वपूर्ण ठान्छौं।”

परराष्ट्रमन्त्री सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन चीन पुगेका छन्। यसअघि सोमबार एस. जयशंकरले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका थिए।

बैठकपछि उनले भारत र चीनबीचको द्विपक्षीय सम्बन्ध लगायत सीमा सम्बन्धी मुद्दाहरू समाधान गर्ने बारेमा छलफल भएको बताएका थिए।

सन् २०२० मा पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखामा भएको सैन्य गतिरोध र त्यसपछि दुई देशबीचको सम्बन्धमा आएको तनावपछि विदेशमन्त्री एस. जयशंकरको यो पहिलो चीन भ्रमण हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *