अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘अमेरिका र भारत व्यापार सम्झौताको धेरै नजिक छन्’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारत व्यापार सम्झौताको ‘धेरै नजिक’ रहेको बताएका छन्।
ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने , “हामी भारतसँग सम्झौताको धेरै नजिक छौं। भारतको बजार अमेरिकाको लागि अझ खुल्नेछ।”
भारत र अमेरिकाबीच व्यापार सम्झौताको बारेमा विगत केही हप्तादेखि वार्ता भइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ मा भारतमा २७ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। तर, पछि यसलाई जुलाई ९ सम्मका लागि स्थगित गरिएको थियो। यो समयसीमा फेरि अगस्ट १ सम्म बढाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment