रुस-युक्रेन तनाव : १२२ युक्रेनी ड्रोनहरू खसालेको दाबी

डिसी नेपाल
२ साउन २०८२ १२:१०
128
Shares

एजेन्सी। रुस र युक्रेनले एकअर्काको ड्रोन खसालेको दाबी गरेका छन्। बिहीबार दुई देशको छुट्टाछुट्टै ब्रिफिङमा ठूलो सफलता हासिल गरेको समेत बताएका छन्।

रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले युक्रेनका तीन बस्तीहरू- डोनेट्स्क क्षेत्रको पोपोभ यार, जापोरिझिया क्षेत्रको कामियान्स्के र खार्किभ क्षेत्रको डेगत्यार्ने नियन्त्रणमा लिएको दाबी गरेको छ।

रूसी वायु रक्षा प्रणालीले विभिन्न स्थानहरूमा १२२ युक्रेनी ड्रोनहरू खसालेको बताएको हो। युक्रेनी वायुसेनाका अनुसार रूसी सेनाले युक्रेनमा ६४ वटा ड्रोन प्रहार गरेको छ। तर युक्रेनी सेनाले ३६ वटा ड्रोन खसालेको दाबी गरेको छ।

युक्रेनको सशस्त्र बलको जनरल स्टाफले सोही दिन युद्धभूमिको अद्यावधिक जानकारी दिंदै एक दिनमा फ्रन्टलाइन क्षेत्रमा १६० लडाईंहरू भएका छन्।
युक्रेनी वायुसेना, क्षेप्यास्त्र बल र तोपखानाले रुसी कर्मचारी, हतियार र सैन्य उपकरणहरू केन्द्रित रहेका १२ क्षेत्रहरूमा प्रहार गरेको बताइएको छ।(सीसीटीभीप्लस)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *