ब्राजिलका राष्ट्रपतिले भने – कर लगाउने ट्रम्पको धम्की ‘अस्वीकार्य ब्ल्याकमेल’
काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि ५० प्रतिशत कर लगाउने धम्की दिएपछि प्रतिक्रिया जनाएका छन्।
टेलिभिजनमा गरिएको भाषणमा लुला दा सिल्भाले ५० प्रतिशत कर लगाउने ट्रम्पको धम्कीलाई “अस्वीकार्य ब्ल्याकमेल” भनेर वर्णन गरे।
ट्रम्पले ब्राजिल सरकारले पूर्व राष्ट्रपति जैर बोल्सोनारो विरुद्ध ‘विच हन्टिङ’ (राजनीतिक द्वेषबाट प्रेरित बदलाको कारवाही) गरेको आरोप लगाएका थिए। यसो भन्दै उनले जुलाई ९ मा ब्राजिलमा कर लगाउने घोषणा गरे।
२०२२ को चुनाव उल्ट्याउने षड्यन्त्रमा उनको कथित भूमिकाको लागि जैर बोल्सोनारो मुद्दामा छन्।
यदि दुई देशबीच कुनै सम्झौता भएन भने, ब्राजिलमा ५० प्रतिशत भन्सार अगस्ट १ देखि लागू हुनेछ।
आफ्नो भाषणमा लुला दा सिल्भाले ट्रम्पलाई समर्थन गर्ने नेताहरूलाई राष्ट्रविरोधी भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment